बि.पि.स्मृतिमा काग्रेस तारकेश्वर कार्यसमितिबाट बृक्षारोपण

साउन ६, २०८१ मा प्रकाशित | 482 views


तारुकाघाट । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा तारकेश्वर गाँउपालिका–२ तारुकाघाट स्थित तारकेश्वर मन्दिर परिसरमा बृक्षारोपण गरिएको छ ।

नेपाली काग्रेस तारकेश्वर गाउँपालिका कार्य समितिले आइतबार तारकेश्वर गाउँपालिका वडा नं २ तारुकाघाट स्थित तारकेश्वर मन्दिर परिसरमा विभिन्न जातका करीब एकसय विरुवाको बृक्षारोपण गरिएको छ ।


स्थानीय जेष्ठ नागरिक कृष्णकुमारी श्रेष्ठ (८१ वर्षीय) बाट सुभारम्भ गरिएको थियो । बृक्षारोपण कार्यक्रम अनौपचारिक रुपमा सुरु भएर नेपाली काग्रेस तारकेश्वर गाउँपालिकाको सभापति केशवराज अर्यालले सम्बोधन गर्दै समापन गरिएको थियो ।

संक्षिप्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अर्यालले नेपाली राजनीतिका आदर्श व्यक्तित्व वि.पि.कोइरालाको स्मृति दिवसको अवसर बनाएर रचनात्मक कार्य अन्तरगत बृक्षारोपण गरिएको जानकारी दिनुभयो ।

मन्दिर परिसरमा गरिएको बृक्षारोपणबाट मन्दिरलाई हरियाली, आकर्षण र सौन्दर्यलाई सुन्दर बनाउने भएकाले रचनात्मक कार्य अन्तरगत बृक्षारोपण गरिएको उहाँको भनाई छ । मन्दिर परिसरमा पारिजात, धुपी लगायतका हरियाली सौन्दर्य दिने विभिन्न जातका करीब एकसय फूल विरुवा रोपिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा सभापति हरी श्रेष्ठ, नेपाली काँग्रेसका नेता तथा तारकेश्वर गाँउपालिका वडा नं. १ का अध्यक्ष चक्र तामाङ, ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ, ५ नं वडाअध्यक्ष अशोक तामाङ, काग्रेस तारकेश्वर गाउँपालिका कार्य समितिका उपसभापति बुद्विमान श्रेष्ठ, खम्बासिंह तामाङ, चक्र तामाङ र अर्जुन सापकोटा, कोषाध्यक्ष सम्झना श्रेष्ठ, प्रवक्ता पुरुषोत्तम रिमाल लगायत पाटीका पालिका कार्यसमिति सदस्यहरु, वडा कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु, प्रहरी चौकी तारुकाका प्रमुख सहितको प्रतिनिधि, नेपाली काँग्रेस र विपी कोइरालाको शुभचिन्तक, समर्थक सहित स्थानीय सयौँ जनाको सहभागिता रहेको थियो ।

बृक्षारोपण कार्यक्रम पश्चात काग्रेस तारकेश्वर गाउँपालिका कार्य समितिका पदाधिकारीले स्थानीयसंग छलफल, उनीहरुसंग सुझाब संकलन तथा जनताको राय एंव प्रतिक्रिया समेत लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web