काँग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

साउन ५, २०८१ मा प्रकाशित | 277 views

काँग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको आज ललितपुरमा सम्पन्न बैठकले वाग्मती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने कार्यक्रम छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web