काठमाडौं, साउन २ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ८ गतेदेखि १५ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेके हो । पूर्वाञ्चलमा हुने प्रतियोगितामा ३५ वटा खेल समावेश हुने यसअघि नै तय भैसकेको छ । त्यस्तै प्रतियोगिताका लागि २० करोड छुट्याइसकेको छ । प्रतियोगिताका लागि जिल्ला र क्षेत्रीय स्तरको खेल कात्तिकसम्म सक्ने तयारी छ ।

20.12¡ÆC