विदुरमा कक्षा ५ को परीक्षा पनि पालिकास्तरीय हुने

असार २५, २०८१ मा प्रकाशित | 1184 views

विदुरमा कक्षा ५ को परीक्षा पनि पालिकास्तरीय हुने

त्रिशूली । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले कक्षा ५ को परीक्षा पनि पालिकास्तरीय रुपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ । मंगलबार विदुर–३ स्थित प्रगतिशील माविका विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले गएको शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा पालिकास्तरीय बनाएकोमा यो शैक्षिक सत्रदेखि कक्षा ५ को परीक्षालाई पनि पालिकास्तरीय बनाउन लागिएको जानकारी दिनुभएको हो ।

उहाँको अनुसार पालिकास्तरीय परीक्ष लिएसगैँ शिक्षकको सिकाईको स्तरमा सुधार भएको छ भने विद्यार्थीको अध्ययनको बानीमा बृद्धि भएको छ । त्यस्तै, पालिकास्तरीय परीक्षाले पालिकाको सबै विद्यालयका विद्यार्थीबीच अध्ययनमा एकरुपता, प्रतिस्पर्धा र अर्को विद्यालया गएर परीक्षा दिदा हुने डरत्रास हटेर मनोबल उच्च बन्ने विश्वास गरिएको छ ।

“गत शैक्षिक सत्रमा विदुरले कक्षा ८ को परीक्षा पालिकास्तरीय रुपमा सञ्चालन गरेसगैँ नजित सन्तोषजनक नभएपछि सोही अनुसार सुधार्नको लागी सचेत सहित निर्देशन दिएका छौ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “५ कक्षाबाटै पालिकास्तरीय बनाएसगैँ माथिल्लो कक्षामा पुग्ने समयसम्ममा सबै विद्यार्थीमा गुणस्तरको मापन बृद्धिहुदै जानेछ ।”

यो वर्षको माध्यमिक शिक्षा परीक्षामा देशमा ४८ प्रतिशतको हाराहारीमा मात्रै विद्यार्थी उर्तिण हुदाँ विदुरमा भने ६४ प्रतिशत उर्तिण भएका छन । विदुरमा रहेका सामुदायिक विद्यालयको मात्रै उर्तिण दर ५६ प्रतिशत छ ।

त्यसमा सँस्थागत विद्यालयको समेत गणना गर्दा कुल विद्यार्थी उर्तिण दर राष्ट्रियस्तरको भन्दा १६ प्रतिशतले बढी आएसगैँ शैक्षिक गुणस्तरमा सुधार देखिएको हो ।

एसइई परीक्षामा देखिएको शिक्षाको सुधारको संकेतका विभिन्न मापन मध्ये ८ कक्षाको पालिकास्तरीय परीक्षाको प्रभावको आधारलाई समेत लिन सकिने नगरप्रमुख राजन श्रेष्ठको भनाई छ ।

शिक्षक दरबन्दी मिलान, स्वंयसेवक शिक्षक परिचालन र कक्षा ८ को परीक्षालाई पालिकास्तरीय बनाएसगैँ शिक्षाको गुणस्तरमा देखिएको सुधारले उत्साहित भएको विदुरले अब ५ कक्षाको परीक्षालाई पनि पालिकास्तरीय बनाउन लागेको जनाएको हो । त्यसको लागी नीति तथा कार्यक्रम सहित आवश्यक बजेटको समेत तर्जुमा गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web