विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

असार २०, २०८१ मा प्रकाशित | 211 views


हेटौँडा । जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

 

जंगलबाट ल्याएको च्याउ खाँदा भीमफेदी–६, उर्लाघारीकी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर, बुहारी ३० वर्षीया पासाङमाया, नाति सात वर्षीय लासाङ, बुद्धि स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र सात वर्षीया छोरी आरती सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँचजनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मंगली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

 

यसअघि यही असारको पहिलो साता जंगली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web