सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय

असार १९, २०८१ मा प्रकाशित | 353 views


काठमाडौँ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौं । तर उहाँले त्यसो गर्नुभएन’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं ।’

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक बर्तौलाले बताए । उनका अनुसार, प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web