१० भ्रातृ संस्थालाई आगामी चैत मसान्तभित्र महाधिवेशन गरिसक्न कांग्रेसको निर्देशन

असार १९, २०८१ मा प्रकाशित | 338 views


काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्न नसकेर विधानविपरीत चलिरहेका दस वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ। बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघसहित १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको हो ।

यसअघि असार १७ गते बसेको पदाधिकारी बैठकले भ्रातृ संस्थाहरुको म्याद थप गर्ने निर्णय गरेको थियो। बैठकले ती भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक-फरक निर्देशक समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web