
त्रिशूली । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अहिले देशमा दुई शिर्ष ठूला दलहरुबीचको सत्ता साझेदारको लागि भइरहेको प्रयास स्वभाविक तर, कुनै स्वार्थको लागी मात्र गर्न लागिएको भएमा ‘गम्भीर भुल’ हुने बताउनु भएको छ ।
बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले दुई ठूला दल मिल्नु राम्रो भएपनि ठूला दुई दल मिलेर कमजोर प्रतिपक्ष रहदा ती ठूला दलको एकलौटी निर्णय र कुनै विषयमा स्वार्थको लागी भएको भएमा मुलुक थप पछि धकिलिने बताउनुभएको हो ।
उहाँले अब बन्ने एमाले काँग्रेसको सरकारमा राप्रपा सहभागी हुन ठिक कि बेठिक उनीहरुबीच हुने सहमति, उनीहरुको चाहना अनुसार हुने र त्यसको लागी राप्रपा बैठक बसेर निर्णय गर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका डा.प्रकाशचन्द्र लोहनीले आगामी आर्थिक वर्षको लागी ल्याएको बजेट जनताको आर्थिक जिवनस्तर सुधार्ने भन्दा पनि पाटीका नेता र कार्यकर्तालाई पोस्ने, फजुल तथा अनुत्पादक क्षेत्रमा बजेट छुट्टाएकाले बजेटबाट केही आश गर्न नसकिने टिप्पणी गर्नुभयो । अहिलेकै सरकार रहेपनि र अर्को सरकार आएपनि आगामी आवको बजेट कार्यान्वयनमा पनि आशंका रहेको उहाँको भनाई छ ।
यस्तै, देशमा भ्रष्टाचार बृद्धि हुदै गएको भन्दै उहाँले चिन्ता जनाउनुभयो । सरकारको मुख्य सचिव सहित कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व नै यसमा संलग्न रहेकाले तल्लोतहसम्म भ्रष्टाचारको जालो फैलिएको डा.प्रकाशचन्द्र लोहनीको आरोप छ ।

यस्तै, बुधबार नै डा.प्रकाशचन्द्र लोहनी सहित केन्द्रीय उपाध्यक्ष धुव्र बहादुर प्रधान, केन्द्रीय सदस्य तथा प्रशिक्षण बिभाग उप प्रमुख खुस्बु ओली सहितले राप्रपाको केन्द्रीय प्रशिक्षण विभाग मार्फत राजनीतिक तथा नेतृत्व विकास देशव्यापी प्रशिक्षण अन्तरगत जिल्लामा रहेका केन्द्रीय पदाधिकारी र कार्यसमिति, प्रदेस पदाधिकारी र कार्यसमिति, जिल्ला पदाधिकारी र कार्यसमिति, स्थानीयतहका पदाधिकारीहरु, गत स्थानीयतहको निर्वाचनका उम्मेदवारहरुलाई प्रशिक्षण दिएका थिए ।
पत्रकार सम्मेलनमा प्रस्तुत भिडियो :
</p
22.12¡ÆC