युरोकप फुटबलमा अष्ट्रिया, इंग्ल्यान्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

असार १२, २०८१ मा प्रकाशित | 207 views


काठमाडौँ । युरोकप फुटबलमा समूह ‘डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अङ्कसहित समूह विजेता बनेको छ ।

यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह ‘सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेले ।

यससँगै इंग्ल्यान्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ । दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web