
नुवाकोट । नुवाकोटमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।
जिल्ला प्रशासन कार्यालयको सभा हलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा पुर्व प्रहरी बरिष्ठ उपरिक्षक तथा नर्कोनन नेपालको प्रमुख बसन्तराज कुवँरले लागुऔषधको दुर्व्यसन भनेको के हो, लागुऔषध दुर्व्यसन पुर्याउने असर र लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार रोक्नको लागि स्थानिय सरकारले गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नुवाकोट जिल्लाका स्थानिय तहका उपमेयर तथा उपाध्यक्ष, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका उपअनुसन्धान अधिकृत लक्ष्मी पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्मका प्रमुख जगन्नाथ खड्का, विदुर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला अस्पताल त्रिशुली, बिभिन्न विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरु, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि लगाएतका सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।
27.64¡ÆC