टर्कीको स्थिति नियन्त्रण बाहिर,६० जना भन्दा बढिको मृत्यु

साउन १, २०७३ मा प्रकाशित | 1108 views

टर्की,साउन १ । टर्कीमा सैनिक ‘कू’ को प्रयासपछि स्थिति नियन्त्रण लिन भएको झडपमा परि ६० जना भन्दा बढिको ज्यान गएको छ ।  विभिन्न ठाउँमा भएको आक्रमणमा परि १७ प्रहरीसहित ६० जना भन्दा बढीको मृत्यु भएको हो मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । कुमा संलग्न एक हजार पाँच सय ६३ जना सैनिक पक्राउ परेका छन् ।  राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको हो ।   पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् ।

शुक्रबार बेलुका सेनाले कु गरेपछि भएको झडपको क्रममा कम्तिमा ६० जनाको ज्यान गएको छ । ज्यान जानेमा अधिकांश सर्वसाधारण नागरिक छन् ।  सैनिक ‘कू’को प्रयास हुँदा कोस्टल सहरा मारमारिसमा रहेका राष्ट्रपति इस्तानबुल आएका थिए । उनी हिडेको केही समयपछि नै विद्रोहीहरुले उनी बसेको ठाउँमा विस्फोट गराएका थिए । स्थानिय समय अनुसार शुक्रबार राति सुरु भएको ‘कू’ को प्रयास शनिबार बिहानसम्म पनि जारी नै रहेको छ । इस्तानबुल र अंकाराका विभिन्न ठाउँमा भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बीबीसी, सीएनएन, अलजजिरा लगायतका टेलिभिजनहरुले टर्कीको घटनाको प्रत्यक्ष प्रशारण देखाइरहेका छन् । टर्कीका सरकारी अधिकारीहरुले भने ‘कू’ प्रयास विफल भइसकेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web