
बट्टार । नुवाकोटका युवाहरुले स्वदेशमा सिप सहित रोजगारको सुनिश्चितताको माग गरेका छन् ।
जिल्ला युवा समिति, नुवाकोटले शनिबार बट्टारमा आयोजना गरेको ‘युवासंग युवा तथा खेलकुद मन्त्री’ विषयक अन्तरक्रियामा सहभागी नुवाकोटका तीनसय भन्दा बढी युवाहरुले बागमती प्रदेसका युवा तथा खेलकुद मन्त्री रमा आले मगर सहित कार्यक्रममा सहभागी नीति निर्माणमा रहेका सरोकारवालाहरुसंग शिक्षाले मात्र रोजगार पाउन नसकेको भन्दै बजारको मागको आवश्यकता अनुसार सिप र सिकेको सिप अनुसार स्वरोजगारको लागी सामाग्रि उपलब्ध गराउन माग गरेको हो ।
जिल्ला युवा समिति, नुवाकोटले विभिन्न शिर्षकमा नुवाकोटका करीब तीनसय जनालाई एकैसाथ सिपयुक्त तालिम दिइरहेकाले उक्त तालिम पश्चात थप एड्भान्स तालिम र लिएको तालिम अनुसारको व्यावसाय तथा स्वरोजगारको लागी आवश्यक सामाग्रिको प्रबन्ध मिलाउन नुवाकोटका युवाहरुले बागमती प्रदेसका युवा तथा खेलकुद मन्त्री रमा आले मगर समक्ष माग गरेको हो ।
नुवाकोटका युवाहरुको सक्रियता, लगनशीलता र स्वदेशमा नै स्वरोजगारको मागबाट आफू प्रभावित भएको भन्दै युवाहरुसंगको साक्षात्कार पश्चात मन्त्री रमा आले मगरले आवश्यक सहयोग गर्ने सहित अन्य निकायसंग समेत समन्वय गरेर युवाहरुको माग अनुसारको सम्बोधनको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सभापतित्व जिल्ला युवा समिति, नुवाकोटका अध्यक्ष उद्धव पनेरु, प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री रमा आले मगर, विशेष अतिथीहरुमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय नुवाकोका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, राष्ट्रिय स्वतन्त्री पाटीका नुवाकोट सभापति रामेश्वर गजुरेल, नेकपा एकीकृत समाजवादीका नुवाकोट सचिव पदम उप्रती र सचिवालय सदस्य यमकुमार खाती, विदुर नगरपालिका १ नं. अध्यक्ष लेलिन रञ्जित, २ नं. अध्यक्ष दिपक कायस्थ, ४ नं. अध्यक्ष निलमबाबु ढुङ्गेल, ५ नंं अध्यक्ष लिलानाथ न्यौपाने, नुवाकोट उद्योग बाणिज्य संघ अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाई उपोक्ता सँस्थाका अध्यक्ष सञ्जिव श्रेष्ठ लगायत हुनुहुन्थ्यो भने जिल्ला युवा समिति, नुवाकोट मार्फत विभिन्न शिर्षकमा सञ्चालित तालिमका करीब तीनसय युवा प्रशिक्षार्थी लगायतको सहभागिता रहेको जिल्ला युवा समिति, नुवाकोटको तर्फबाट कार्यक्रम सञ्चालक समेत रहनुभएका युवा समाजसेवी राजकुमार अर्जेलले जानकारी दिनुभयो ।
25.3¡ÆC