युनिभर्सल बोडिङका शिक्षकले ८ वर्षीया बालिकाको टाउकोको नसा फुटाइदिए

असार ६, २०८१ मा प्रकाशित | 210 views


नुवाकोट । तादी गाँउपालिका वडा नं. ५ बाहुनबेसीमा रहेको युनिभर्सल बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत छात्रा सलिना रिजाललाई विद्यालयका शिक्षक सुरज सिटौलाले होमवर्क नगरेको भन्दै गम्भीर घाइते हुने गरेका कुटेका छन् ।

शिक्षक सुरज सिटौलाले गृहकार्य (होमवर्क) नगरेको भन्दै  ८ वर्षीया बालिका सलिनालाई किताबले टाउकामा प्रहार गर्दा उनको टाउकोको नशा फुटेर रगत जमेको छ भने होस समेत खुल्न नसकेको उनको आमा देवकी रिजालले जानकारी दिनुभयो ।

बुधबार अपरान्ह शिक्षकको कुटाईबाट गम्भीर घाइते भएको बालिका बेहोस भएकी थिइन् । उनी बेहोस भएपछि विद्यालयले गर्मी भएको कारण बेहोस भएको भन्दै केही समयमा होसमा आएपछि थप उपचार तर्फ लाग्नुको सट्टा कुनै वास्था नगरी घर पठादिएको थियो ।

घरमा पुगेर आफ्नो बालिकाले शिक्षकले कुटेको भनेर आमालाई रुदै बताउदा बेहोस भएपछि बिहीबार बिहानसम्म होस नखुलेको प्रहरीले जनाएको छ ।

बालिकाको काठमाडौको शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा उपचार सुरु गरेकोमा अबस्था थप जटिल बन्दै गएपछि अहिले (बिहीबार बिहानदेखि) भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।  उनको अबस्था क्रमशः सुधार हुदै जाने आशा लिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बालिकाको टाउकोमा किताब प्रहार गरेर नसा फुट्ने गरेर कुट्ने शिक्षक पन्चकन्या गाँउपालिका वडा नं. ४ आरुखर्कका २२ वर्षका सुरज सिटौलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनले बालिकालाई किताब बटारेर निरन्तर १०–१२ पटक प्रहार गरेपछि कुट्दा कुट्दै बेहोस भएपछि नाटक गरेको भन्दै लडेको बालिका माथी किताबले थप प्रहार गरेको कक्षाका अन्य विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web