बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल

काठमाडौँ । बागमती प्रदेश सभामा बजेटमाथिको छलफल शुरु हुने भएको छ।

बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। उनका अनुसार बागमती प्रदेशमा यही असार ८ गतेभित्रै सो बजेट पारित गर्ने कार्यसूची राखिएको छ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि अन्य प्रदेशभन्दा सबै भन्दा धेरै ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

प्रतिक्रिया

TOP