वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेलको टस गर्न ढिलाइ

जेष्ठ ३०, २०८१ मा प्रकाशित | 279 views

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ। खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ। अहिले मैदानमा सिमसिम पानी परेको छ। आइसिसीका अनुसार अहिलेसम्म मैदानको निरिक्षण भइरहेको छ।

समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ। सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। बिहानदेखि सुरू भएको वर्षा साँझसम्म रोकिएको छैन। मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ। 

आइसिसीका अनुसार खेल सुरु हुने समयभन्दा ३ घन्टापछि (स्थानीय समयअनुसार राति १०:४१ बजे र नेपाली समयअुनसार विहान ८:२६ बजे) खेल हुनु पर्नेछ।

मैदानको विषयमा ‘मैदान प्राविधिक’ले अन्तिम पटक (स्थानीय समय अनुसार साँझ ८:३५ र नेपाली समयअनुसार विहान ६:२० बजे) मैदानको अवस्थाबारे जानकारी गराएपछि खेलको विषयमा निर्णय हुनेछ। ढिला गरी खेल हुने सम्भावना भएमा ओभर घटाएर कम्तिमा ५ ओभरको खेल हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web