१५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

जेष्ठ २५, २०८१ मा प्रकाशित | 175 views


काठमाडौँ । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गएको चैत १२ गते गरेको फैसलाको हिजो पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित अस्पताललाई सम्बन्धन दिन काठमाण्डौ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।

फैसलामा प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औँल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र शुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web