
त्रिशूली, नुवाकोट । नेपाल कम्युनिष्ट पाटी (एमाले) का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच जनताको मायाले नेकपा एमाले थप बजबुद शक्तिको रुपमा उदाएको बताउनुभएको छ ।
एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको मंगलबार लिखु गाँउपालिका–२ ढिकुरेमा उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेस तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिध्याउन बनाएका योजनाहरु असफल बनाउदै जनताले प्रमुख शक्तिको रुपमा स्थापित गरेको बताउनुभयो ।
“जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितीमा पनि विपक्षीलाई परास्त गर्नसक्ने एमालेको बलियो संगठन बनाउन नेता–कार्यकर्ता लाग्नुपर्छ ।” उहाँले भन्नुभयो “नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पाटी सदस्यता दोब्बरले बृद्धि गर्न र जनताको माग अनुसार सेवा पु¥याउन केन्द्रित हुनुपर्छ ।”
‘सुखी नेपाली : समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारी मार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उहाँको भनाई छ ।
व्यवस्था परिवर्तनको लागी अधिकारको लडाई टुङ्गिएको भन्दै अब भ्रष्टाचार, अनियमितता, बेथिती तथा समाजका कुरिती विरुद्धको लडाई मार्फत रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न उहाँले पाटीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मंगलबारबाट सुरु भएको एमाले नुवाकोटको आठौँ अधिवेशन अन्तरगत बुधबारदेखि बन्दसत्र मार्फत नयाँ नेतृत्व चयनमा प्रवेश गर्ने जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । उहाँको अनुसार जिल्ला अध्यक्ष सहित, उपाध्यक्ष, सचिव, एकजना महिला सहित दुईजना उपसचिव समेतको एकसय पाच सदस्य रहेको नयाँ जिल्ला कमिटी गठन हुनेछ ।





16.12¡ÆC