बजेट पारित नभए प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छन:डा. ज्ञवाली

असार ३१, २०७३ मा प्रकाशित | 816 views

काठमाडौं,असार ३१ । सांसद एवम् कानुनविद रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भने बमोजिम नयाँ सरकार गठन गर्न संवैधानिक जटिलता नरहेको दाबी गरेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद विडारीले भने,‘संसदले प्रधानमन्त्रीलाई हटाउन सक्ने अनि बनाउन चाहीँ नसक्ने भन्ने कुरा वाहियात हो, संसदको मुख्य काम नै सरकार बनाउने र हटाउने हो, हटाउन सक्दैन र मिल्दैन भन्नु पागलपन हो ।’

साक्षात्कारमा उनले संविधानको अपव्याख्या गरेर मुलुकलाई अन्धकारमा पार्ने अधिकार कसैलाई नभएको टिप्पणी गरे । विडारीले थपे,‘विभिन्न डिग्री होल्डरका कुरा सुनेर वाहियात बहस गर्नु बेकार छ, संविधानतः नयाँ प्रधानमन्त्रीको चयन अविश्वासको प्रस्ताव पारित भएसँगै सुरु हुन्छ ।’ प्रधानमन्त्रीले संसद विघट्न गर्न सक्छन वा सक्दैनन भन्ने पत्रकारको जिज्ञासामा उनले थपे,‘विघट्नको कुरा युक्तिसँगत छैन, अहिलेको प्रधानमन्त्री संविधानको धारा २९८ अनुसार बनेका हुन, यही धारा बमोजिम प्रधानमन्त्रीे पदमुक्त हुने र नयाँ निर्वाचित हुने प्रावधान छ ।’

संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भैसकेकाले आरोपित र कंलकित प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने उनको माग थियो । उनले थपे,‘आरोपित प्रधानमन्त्रीले कुर्सीमा बसिरहन्छु भन्नु दुष्ट्याँई, यो राजीनीति होईन ।’ अविश्वासको प्रस्तावले पूर्णता पाउन न्युनतम ७ दिन लाग्ने भएकोले ८ औं दिनबाट त्यसबारेमा छलफल हुने उल्लेख गर्दै मुलुकले १५ देखि १८ दिनभित्र नयाँ प्रधानमन्त्री पाउने विडारीले स्पष्ट पारे ।

फरक प्रसंगमा उनले एमाले निकट युवा संघले केपी ओलीलाई हटाए आन्दोलन गर्छों भन्दै सडकमा वितण्डा मच्चाउनु लज्जास्पद भएको टिप्पणी गरे । उनले थपे,‘ओली आजिवन प्रधानमन्त्री बनिरहने हुन र?, यो सदनलाई होच्याउने नालायकीपन हो, सदन किन बनाएको त?’

नेपाल बार एशोसियसनका अध्यक्ष शेर बहादुर केसीले राजनीतिक दलहरु द्धिविधामा परेर वाहियात बहसमा उत्रेको आरोप लगाए । अध्यक्ष केसीले भने,‘सत्तारुढ दलले सरकारबाट समर्थन फिर्ता लिएसँगै ओली सरकार संविधानतः अल्पमतमा परेकोले ओलीले राजिनामा दिनुपर्नेथ्यो, त्यो गर्नुभएन, अल्पमतमा परिसकेपछि उहाँले विश्वासको मत लिनुपर्थाे त्यो पनि गर्नुभएन् ।’ उनले काँग्रेस–माओवादी केन्द्रले हतार गरेर अविश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेको भन्दै असन्तुष्टी पोखे ।

प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने उनले दाबी गरे । उनले भने,‘संसद विघट्न हुनै सक्दैन, मनमोहन अधिकारीको सरकारको पालामा स्पष्ट नजिर बनिसकेको छ ।’ केसीले अल्पमतमा परेको थाहा हुँदाहुँदैपनि राजिनामा नदिएर सरकारले आफ्नो आयु लम्ब्याएर गलत काम गर्न खोजेको आरोप लगाए । अहिलेको संसद सुधारिएको संसद भएकाले प्रधानमन्त्री नै अल नि वान नभएको उनको तर्क छ ।

उनले तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला बर्हिगमन र केपी ओलीको आगमनजस्तै गरी नयाँ सरकार गठन हुने स्पष्ट पारे ।

त्यस्तै संविधानविद डा.चन्द्रकान्त ज्ञवालीले नेकपा माओवादी केन्द्रले सकारबाट समर्थन फिर्ता लिएपछि वर्तमान सरकार कामचलाउमा परिणत भएको उल्लेख गर्दै भने,‘सरकारले ल्याएको नीति, कार्यक्रम र बजेट पारित भएन भने प्रधानमन्त्रीलाई संविधानतः नभएपनि अप्राकृतिक रुपमा संसद विघटन् गर्ने अधिकार छ ।’

प्रधानमन्त्रीलाई आफू बर्खास्तमा पर्छु भन्ने डर भएको खण्डमा प्रधानमन्त्री विघटनमा जान सक्ने कुरा औंल्याए । यद्धपी उनले प्रधानमन्त्रीले चाल्ने उक्त कदम असंवैधानिक हुने दाबी गरे ।

कार्यक्रममा कानुनविद सुरेन्द्र महतोले अहिले उठेको विषयमा संविधानमा कुनै विरोधाभाषा नभएको दाबी गरे । महतोले पनि माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएकै दिनदेखि ओली नेतृत्वको सरकार ढलेको बताउँदै भने,‘नयाँ सरकार बन्न सक्दैन भन्नु कर्मकाण्डी कुरा हुन्, यो सरासर संविधानको अपव्याख्या हो, यो सरकार कामचलाउमा परिणत भैसक्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web