नेपाली क्रिकेट टोलीले आजराति ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्दै

जेष्ठ १२, २०८१ मा प्रकाशित | 211 views


काठमाडौँ । टी–२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पाैने २ बजे प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुरु हुनेछ ।

यसअघि ह्युस्टन हरिकेन्ससँग हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल छ रनले विजयी भएको थियो । ह्युस्टनमा प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली टेक्सासको डालास जानेछ ।

त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघिको आधिकारिक अभ्यास खेल खेल्नेछ । क्यानडासँग मे २७ अर्थात् पर्सि सोमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ । त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web