कांग्रेस माओवादीको संयुक्त चेतावनी ‘काम चलाउ सरकारले महत्वपूर्ण निर्णय नगर्नू’

असार ३०, २०७३ मा प्रकाशित | 974 views

कांग्रेस माओवादीको संयुक्त चेतावनी ‘काम चलाउ सरकारले महत्वपूर्ण निर्णय नगर्नू’

काठमाडौं,असार ३० ।  केपी ओली नेतृत्वको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले बिहीबार संयुक्त विज्ञप्ती निकालेर सरकारलाई महत्वपूर्ण निर्णय नगर्न अनुरोध गरेको छ । अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई  दैनिक काम काजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालिन प्रभाव पार्ने निर्णयहरु नगर्न अनुरोध गरेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट मुख्य सचिव प्रल्हाद बुढाथोकी र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा संसद सचिवालयमा बुधबार अविश्वासको प्रस्ताव दर्ता समेत गरि सकेको अवस्थामा, वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेकोले महत्वपूर्ण निर्णय गर्न नमिल्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web