
काठमाडौँ । बाग्मती प्रदेशमा भागबण्डा मिलाउनकै लागि सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बन्नुभएको थियो । योसँगै बाग्मतीमा मन्त्रालयको सङ्ख्या १३ पुगेको छ । यसअघि बाग्मती प्रदेशमा नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको सरकारमा कांग्रेसबाट रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन पनि मन्त्रालय विभाजन गरिएको थियो ।
21.12¡ÆC