नेपालले विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले हरायो

जेष्ठ २, २०८१ मा प्रकाशित | 259 views


काठमाडौँ । विनवार्ड्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवार्ड्सले दिएको एक सय ९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका ओपनर कुशल भुर्तेलले ७१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए ।

त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहे । पहिला ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९६ रन बनाएको थियो । टी–२० विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग भोलि र आउँदो शनिवार गरी दुई अभ्यास खेल खेल्नेछ ।

यो अभ्यास खेलपछि नेपालको टोली मे १९ तारिखमा ह्यूस्टन जानेछ । त्यसपछि मे २१ मा प्रशिक्षणमा सहभागी हुनेछ । मे २२ र २३ मे नेपालले ह्यूस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्यूस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल मे २५ मा डालास प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web