आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई २० रनले हरायो

बैशाख २६, २०८१ मा प्रकाशित | 221 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले हराएको हो । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८६ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । उसका र अभिषेक पोरेलले सर्वाधिक ६५ रन बनाएका थिए ।

जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web