वर्षाका कारण डढेलो निभ्न थाल्यो, आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

बैशाख २४, २०८१ मा प्रकाशित | 262 views


काठमाडौँ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ ।

हिजो कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परेको थियो । पानी परेका ठाउँमा डढेलो निभेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँकाअनुसार हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिनुभयो । बाँकी ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण हिजोदेखि पानी पर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web