आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई १ रनले हरायो

बैशाख २१, २०८१ मा प्रकाशित | 231 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ ।

गए राति भएको खेलमा घरेलु टाेली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो । राजस्थानका रियान परागले सर्वाधिक ७७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका नितिश कुमार रेड्डीले ७६ रन बनाए । राजस्थानका आवेश खानले २ विकेट लिए ।

याे जितपछि हैदराबाद १० खेलमा १२ अङ्कसहित तालिकाकाे चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ ।

आईपीएलमा आज राति पाैने ८ बजे दाेस्राे स्थानमा रहेकाे काेलकाता नाइट राइडर्स र नवाैँ स्थानमा रहेकाे मुम्बई इन्डियन्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web