बझाङमा २ वटा वडाको मत गनिसक्दा एमाले उम्मेदवारको अग्रता कायमै

बैशाख १६, २०८१ मा प्रकाशित | 175 views


काठमाडौँ । बझाङ प्रदेश सभा–१ (क) मा हिजाे भएको उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झन्डै दाेब्बर मतले अग्रता लिइरहनुभएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८० मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले १ सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मत प्राप्त गर्नुभएको छ । यस्तै २८ मत बदर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web