गोरखामा हिमपहिरो जाँदा वीरेन्द्र ताल फुट्यो

बैशाख ९, २०८१ मा प्रकाशित | 222 views


काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ ।

मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर सामागाउ प्रहरी चौकाका असई अन्जान पोखरेलले जानकारी दिए ।

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ । बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको पोखरेलको भनाइ छ ।

ताल रहेको क्षेत्र चुमनुब्री–१ पर्छ । प्रहरी टोली घटनास्थलतिर गएको उनको भनाइ छ ।

त्यो बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web