नेपालले आज साउदी अरेबियासँग खेल्दै

बैशाख ५, २०८१ मा प्रकाशित | 224 views


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ । नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web