नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

बैशाख ४, २०८१ मा प्रकाशित | 229 views


काठमाडौँ । नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ । आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।

अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ । यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web