नेपालले कतारलाई ३२ रनले हरायो

बैशाख १, २०८१ मा प्रकाशित | 230 views


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हासिल गर्न सफल भएको छ । आज नेपलले कतारलाई ३२ रनले हराएको हाे । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।

कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए ।

यसअघि दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्यतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

दिपेन्द्रले २० औं ओभरमा छ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

यो जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web