गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

चैत्र २५, २०८० मा प्रकाशित | 263 views


काठमाडौँ । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायाे ।

नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे । गुजरातका उमाङ्ग राेहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web