बन्चरेडाँडामा भोलिदेखि फोहोर फाल्न नदिने

चैत्र २३, २०८० मा प्रकाशित | 264 views


काठमाडौँ । बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले शनिबारदेखि फोहोर व्यवस्थापनमा फेरि अवरोध गर्ने भएका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्। काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ ।

बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फल्न अवरोध गरिने उल्लेख गरिएको छ ।

शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

उनले भने, ‘नेपाल सरकार र काठमाडौं महानगरपालिकासमेतका फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौँ स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएकोलगायत मानवताविरोधि अपराध गरेकाले अब उप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन ।’

यसपटक पूर्व सहमति कार्यान्वयनको चरणमा नपुगुञ्जेलस निर्णायक र चरणवद्ध आन्दोलन गर्ने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web