नेपालकी पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

चैत्र ५, २०८० मा प्रकाशित | 218 views


काठमाडौँ । नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् ।

पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई हराएकी थिइन् । पलेसा ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि संगिना वैद्य र दिपक विष्टले ओलम्पिक खेलेका थिए । पलेसाले यसअघि चीनको हानचाउमा भएको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web