मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित

चैत्र ३, २०८० मा प्रकाशित | 257 views


काठमाडौँ । नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।

त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपालले ३ गोल खायो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ ।

घरेलु मैदानमा दशरथ रंगशाला हुनुपर्ने होम खेल रंगशाला अयोग्य भएपछि बहराइनमा नै हुनेछ । नेपालले पहिलो खेल यहि मार्च २१ तारिख अर्थात् चैत ८ मा र दोस्रो खेल मार्च २६ तारिख अर्थात् चैत १३ गते खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web