रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको ज्यान गयो

चैत्र १, २०८० मा प्रकाशित | 209 views


काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो ।

साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।

याेसँगै रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीकाे सङ्ख्या १९ जना पुगेकाे मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयाे ।

रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web