राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

फाल्गुन २९, २०८० मा प्रकाशित | 332 views


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराउनुभयाे ।

राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएकाे मतदानमा दाहालकाे पक्षमा ३९ र विपक्षमा १७ मत खसेकाे थियाे । दाहालले सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार बन्नुभएका शर्माकाे पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web