जसपाका तीन मन्त्रीले आज शपथग्रहण गर्दै

फाल्गुन २७, २०८० मा प्रकाशित | 278 views


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण गर्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् ।

जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् ।

उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web