युरोकप जितेको पोर्चुगल टिमलाई राष्ट्रपति सहित लाखौंको भव्य स्वागत गरे

असार २८, २०७३ मा प्रकाशित | 1040 views

२९ असार, एजेन्सी ।
युरो कप फुटबल प्रतियोगिताको उपाधि सहित देश फर्केको पर्चुगल टिमलाई त्यहाँ भव्य स्वागत गरिएको छ ।

राजधानी लिजबन स्थित अन्तराष्ट्रिय विमान स्थलमा पर्चुगलका राष्ट्रपति मार्सेले रीबेलो डि सौसा सहित सरकारी टोली नै पुगेर प्रशिक्षक सानतोस र कप्तान क्रिस्चीयानो रोनाल्डो सहितको टोलीलाई भव्य स्वागत गरिएको थियो ।

युरो कप फाईनलमा आयोजक फ्रान्सलाई १/० गोल अन्तरले पराजित गरेर देश फर्किएको टोलीलाई विमान स्थल बाहिर हजारौँको संख्यामा उपस्थित सर्वसाधारणले कर्तल ध्वनीले स्वागत गरेका थिए ।

त्यस पछि गराईएको नगर परिक्रमामा सडक ओरपर उपस्थित भिँडले हाम्रा खेलाडी हाम्रा राजा हुन भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web