
काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राती ९ बजेदेखि नेपाल सहितका केही देशहरुको सर्भरमा उत्पन्न समस्याले फेसबुक नखुल्ने भएको हो ।
फेसबुक खोल्न खोज्दा पुन पासवर्ड राख्ने ठाँउमा नै पठाउने गर्दछ । फेसबुक सहित फेसबुक मार्फत एक अर्कामा सन्देश आदानप्रदान गर्न सकिने म्यासेन्जरको सेवा समेत अबरुद्ध भएको छ । सो सम्बन्धमा मेटा कम्पनीले आफ्नो आधिकारिक जानकारी दिएको छैन ।
यसअघि फेसबुकको सेवा विस्तारको क्रममा प्राविधिक समस्या उत्पन्न हुने सक्ने भन्दै पूर्व जानकारी गराउने भएपनि यो पटक के भएको उक्त कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।
केही भारतीय मिडियाहरुले संसारभर नै फेसबुक सेवा बन्द भएको जानकारीमा आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक सहित इन्स्टाग्राममा पनि समस्या देखिएको छ । चलिरहेको ती सामाजिक सञ्जालमा एकै पटक सबैको आईडी लगआउट भएको छ भने खोल्न खोज्दा पुन पासवर्ड हान्ने स्थानमा नै पठाउने गरेसगैँ प्रयोगकर्ताहरु समस्यामा परेको हो । अधिकांशकले आफ्नो आइडी ह्याक भएको अनुमान गर्दै तनावमा समेत परेको पाइएको छ ।
सूचना आदानप्रदानको सजिलो र छिट्टो माध्यम फेसबुक बन्द भएसगैँ उक्त सामाजिक सञ्जाल बन्द भएको सूचना समेतबाट प्रयोगकर्ता बेखबर भएका छन् ।
19.65¡ÆC