दुग्ध उत्पादक किसान आन्दोलनमा

फाल्गुन १४, २०८० मा प्रकाशित | 351 views


काठमाडौँ । दुग्ध उत्पादक किसानले सोमबार देशव्यापी आन्दोलन थाल्दैछन् । आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै विभिन्न किसान संगठनले आन्दोलन गर्न लागेका हुन् ।

केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेट, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्तरूपमा आन्दोलन गर्न लागेका हुन् ।

केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेटका अनुसार सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ। सोमबार र मंगलबार बिहान १० देखि १२ बजेसम्म धर्नाको कार्यक्रम रहेको अध्यक्ष अम्मर बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूध किसानले फागुन १७ गते देशभरका राजमार्गमा २ घण्टा चक्काजामको कार्यक्रम गर्ने र २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

किसानले दूध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन गरेको बताएका छन्। दुधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्नुपर्ने, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी बन्द गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web