सन्दीप लामिछाने थुना बाहिरै बसेर मुद्दा लड्न पाउने

फाल्गुन १०, २०८० मा प्रकाशित | 226 views

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले थुना बाहिरै बसेर मुद्दा लड्न पाउने पाएका छन्। क्रिकेटर लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरी पाऊँ भनी आजै उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले उक्त निर्णय गरेका थिए।

लामिछानेलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले धरौटीमा रिहा गरेको थियो। अहिले त्यही आधारमा लामिछानेले जेल बाहिरै बसेर पुनरावेदनको सुविधा पाउने कानुनव्यवसायीले बताउँदै आएका थिए।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम जेल बाहिरै बसेर पुनरावेदनको प्रक्रिया अघि बढाउन पाऊँ भन्ने माग निवेदनमा गरेका थिए।

दफा १३७ (२) अनुसार पुर्पक्षका क्रममा थुनामा नबसेको व्यक्तिले जेलमा नबसे पनि पुनरावेदन गर्न सुविधा पाउने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web