
विदुर । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को आयोजनामा हुन लागिएको स्व.धन लामा तामाङ स्मृति तेश्रो एनयुएफसी कपमा सहभागी विद्यालयहरुको टाइसिट बुधबार सार्वजनिक गरिएको छ ।
विदुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जिल्लाभरबाट दर्ता भएका विभिन्न १६ वटा विद्यालयको छात्र र ६ वटा विद्यालयको छात्रा तर्फको प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको हो ।
छात्रतर्फको टाइसिट :

छात्रातर्फको टाइसिट :

यही फागुन ११ गतेदेखि सञ्चालन गर्न लागिएको प्रतियोगितामा जिल्लाभरका विभिन्न १७ वटा विद्यालयबाट प्रतिनिधित्व गर्दै १६ छात्र समूह र ६ वटा छात्रा समूहले प्रतिस्पर्धाको लागी तोकिएको समयभित्र नाम दर्ता गराए अनुसार टाइसिट सार्वजनिक गरिएको अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभयो ।

गोलाप्रथा मार्फत सार्वजनिक गरिएको टाइसिट अनुसार छात्रतर्फ दुई समूह बनाएर समूह ए र बी दुबैमा समान ८–८ विद्यालय राखिएको छ । छात्रा तर्फ दर्ता भएका ६ वटा विद्यालयलाई समूह ए र बी मा समान ३–३ वटा विद्यालय राखिएको छ ।
छात्रतर्फ पहिलो हुनेले नगद ३० हजार र दोश्रो हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन भने छात्रातर्फ पहिलो हुनेले १५ हजार र दोश्रो हुनेले ७ हजार ५०० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताको संयोजक कबिन्द्र कोइरालाले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालन अवधिको लागी फुटबल सम्बन्धि फिफाको नियम सहितको आचारसंहिता सहितको २१ बुँदे प्रतियोगिता नियमावली पनि सार्वजनिक गरिएकाले सोही अनुसार पारदर्शी, व्यवस्थित र अनुशासित रुपमा प्रतियोगिता सम्पन्न गराउनको लागी सरोकारवाला सबै पक्षलाई प्रतियोगिताको संयोजक कबिन्द्र कोइरालाले अनुरोध गर्नु भयो ।
प्रतियोगितामा फेयर प्लेयर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र प्लेयर अफ दी म्याचको समेत व्यवस्था गरिएको छ ।
यही फागुन ११ गतेदेखि बट्टारमा सञ्चालन हुने प्रतियोगिताको लागी छात्रतर्फ दर्ता भएका १६ विद्यालयले क्वाटरफाइनल, सेमिफाइनल हुदै फाइनल प्रवेशको लागी टाइसिट अनुसारको एकआपसको विद्यालयबीच प्रतिस्पर्धा गर्ने प्रतियोगिताको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका सचिव रबिन्द्र भुजेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार छात्रातर्फ समूह एबाट शहिद प्रकाशजंग शाह माविले सिधै सेमिफाइनल खेल्न पाउने भएको छ भने समूह बीबाट सुभेनियर बोर्डिङ स्कुलले सिधै सेमिफाइनल खेल्न पाउने भएको छ ।
सेमिफाइनलमा पुग्न समूह एबाट अर्किड ऐकेडेमी र भैरवी मावि प्रतिस्पर्धा गर्नेछन भने समूह बीबाट जेडी बोर्डिङ र पञ्चमिलनकला देवी माविबीच प्रतिस्पर्धा हुने गोलाप्रथाबाट गरिएको टाइसिट तयार भएको क्लबका सचिव रबिन्द्र भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजक नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को लोगो ।
नुवाकोट युनाइटेड फुटबल क्लबले यसअघि पहिलो र दोश्रो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेसगैँ यो तेश्रो तेश्रो पटकको प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
20.12¡ÆC