महिला प्रिमियर कपमा नेपाल र मलेसिया खेल्दै

फाल्गुन ४, २०८० मा प्रकाशित | 274 views

काठमाडौँ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web