नेपाल-क्यानडा सिरिजको अन्तिम खेल आज हुँदै

माघ २९, २०८० मा प्रकाशित | 249 views

काठमाडौँ । नेपाल-क्यानडा सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ। खेल त्रिवि क्रिकेट मैदामा बिहान सवा ९ बजे सुरु हुनेछ। नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।

दोस्रो दिनको खेलमा नेपाली युवा खेलाडीले सानदार प्रदर्शन गरेका थिए। क्यानडा सिरिजका लागि घोषणा गरिएको स्क्वाडमा हेमन्त धामीले मात्र अवसर पाएका छैनन्। दोस्रो खेलमा कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखिएपछि आकाश चन्द र सूर्य तामाङले अवसर पाएका थिए। उनीहरुले हरेक खेलमा राम्रो फर्ममा हुँदा आजको खेल पनि रोमाञ्चक हुने विश्वास गरिएको छ ।

दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे थाहा भए पनि त्यसको फाइदा उठाउन सकेका छैनन् ।

ठूलो संख्यामा समर्थक उपस्थित भएपछि क्यानडाको टिमले दबाब महसुस गरिरहेको छ। सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो। यससँगै नेपाल विजेता बनेको हो ।

प्रशिक्षक मोन्टी देशाईले ओपनिङमा दुई जोडीलाई परीक्षण गरेका छन्। पहिलो खेलमा कुशलले आसिफ सेखसँग ओपनिङ गरेका थिए। दोस्रो खेलमा भने अनिल शाहले आसिफसँग ब्याटिङ सुरुआत गरेका थिए। आसिफले दुवै खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। आजको ओपनिङमा प्रशिक्षक देशाइ नयाँ जोडीलाई पठाउने तयारीमा छन्। घरेलु मैदानमा नेपालले १२ खेलयता शतप्रतिशत जित हात पारेको छ। अहिले नेपाल जितको यात्रा कायम राख्ने योजनामा छ ।

पछिल्लो समय नेपाली टोली क्रिकेटमा व्यस्त छ। यो सिरिज सके लगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृ‌ङ्खला हुनेछ। यो खेल १५ देखि २२ सम्म चल्नेछ। नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web