
नुवाकोट । बृहत परिकल्पना सहितको निर्माण भएको तारकेश्वर गाउँपालिका वडा नं. ४ को भञ्ज्याङखर्कमा सम्पन्न शैक्षिक पार्कको उद्घाटन फाल्गुन १९ गते हुने भएको छ ।
आज तारकेश्वर गाउँपालिका अन्तर्गतका विद्यालयहरुको अध्यक्षसहित को प्र.अ.हरुको बैठकले यो निर्णय गरेको हो ।
त्यसैगरी उक्त बैठकले असल अभ्यास आदानप्रदान तथा तारकेश्वर गाउँपालिकाका विद्यालयहरूबाट अवकास प्राप्त शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि सोही दिन तयारी गरेको छ
।
अध्यक्ष शिव अधिकारी अविरलले शिक्षा क्षेत्रलाई गति र दिशा दिनको लागि आ-आफ्नो ठाउँबाट शैक्षिक सुधारमा लाग्नको लागि निर्देशन दिनुभएको छ।
22.12¡ÆC