सवारी दुर्घटनामा परि बागमती प्रदेशका पूर्व मन्त्री पौडेलको निधन

माघ १७, २०८० मा प्रकाशित | 370 views

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा परि बागमती प्रदेश सरकारका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गैँडाकोट–५ स्थित कालीगण्डकी चोकमा पोखराबाट छुटेको ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पूर्व मन्त्री पौडेलको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक साजन शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएका पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–१७ विजयनगर घर हुनुभएका ६६ वर्षीय पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुनुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web