आजदेखि सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने

माघ १६, २०८० मा प्रकाशित | 207 views

काठमाडौँ । देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि फेरि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै सञ्चालन हुँदैछन् । यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।

हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ । यस्तै, शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web