
त्रिशूली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले जिल्ला प्रशासन कार्यालय मार्फत प्रवाह हुदै आएका सेवाहरु पालिकास्तरबाट नै उपलब्ध गराउनुपर्ने माग गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गा किनबेच लगायतका सेवा लिनको लागी प्रशासन कार्यालय नै धाउनुपर्ने बाध्यता हटाई पालिकास्तरबाट उपलब्ध गराउन माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेकपाले आज नुवाकोटको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
पालिकास्तरबाटै उपलब्ध हुनुपर्ने सरकार सेवा लिनको लागी प्रशासन कार्यालयसम्म धाउनुपर्दा जनताले सास्ती पाएको तथा खर्चिलो भएको भन्दै सरकारी सेवालाई नजिकैको सरकारबाट उपलब्ध गराउनुपर्ने माग नेकपाले राखेको छ ।
नेकपाको तर्फबाट जिल्ला सक्रेटेरी संगम सी र जिल्ला ईञ्चार्ज निर्देश सिले हस्ताक्षर गरेको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर नुवाकोट प्रशासन मार्फत बुझाइएको छ । नेकपाले बुझाएको ज्ञापन पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
नेकपाले बुझाएको ज्ञापन पत्र यस्तो छ :

23.12¡ÆC