अधिकारी, न्यौपाने र नेपाल काँग्रेसको जिल्ला सदस्यमा मनोनित ।

मंसिर २७, २०८० मा प्रकाशित | 485 views


नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले बिधानतः तीन जनालाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेको छ । पाटी कार्यालय विदुरमा बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले विदुर नगरपालिका–५ का प्रकाशकुमार अधिकारी, ककनी गाँउपालिका–२ का राजन न्यौपाने र बेलकोटगढी नगरपालिका–५ का अर्जुनकुमार नेपाललाई मनोनित गरेको जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित न्यौपाने ।

उहाँको अनुसार पाटीको बिधान २०१७ को परिच्छेद ३ धारा १२ को उपधारा ५ खण्ड ख को २ बमोजिम न्यौपाने र नेपाललाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो । यस्तै पाटीको बिधानको परिच्छेद १८ को दफा ५६ को उपदफा २ बमोजिम अधिकारीलाई आमन्त्रित जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको हो ।

नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित अधिकारी ।

विदुर–५ निवासी अधिकारीले यसअघि विदुर नगरपालिकाको उपसभापति पदमा रहदाँ कार्यबाहक सभापतिको समेत जिम्मेवारी पूरा गरिसक्नुभएको छ भने उहाँ नेपाल पत्रकार महासंघ, नुवाकोट शाखाको निवर्तमान सभापति सहित मिडिया क्षेत्रमा समेत सक्रिय रहनुभएको छ । सदस्य पदमा मनोनित भएका ककनीका न्यौपाने र बेलकोटगढीका नेपालपनि लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका छन् ।

उनीहरुलाई मनोनित गरिएको पत्र आजै जिल्ला सभापती महहले प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web