यु–१९ एशिया कपमा नेपालले भारतसँग खेल्दै

मंसिर २६, २०८० मा प्रकाशित | 274 views

काठमाडौँ । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ ।

नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो ।

यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।

प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web